Lokantar
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले लामो समय पदमा नबस्ने बताएका छन् । आफ्नो कार्यकाल बढीमा ३ वर्षको हुने उनले बताए । शपथलगत्तै मंगलबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पुनले नयाँ मन्त्रालय भएकाले शून्यबाट काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘नयाँ मन्त्री भएकोले नयाँ नियम बनाउनुपर्छ, ओएनएम गर्ने पहिलो निर्णय भएको छ’, पुनले भने, ‘पदमा धेरै बस्दिनँ, रातदिन काम गरेर विकास गर्नुपर्नेछ । बढीमा ३ वर्ष गर्ने हो ।’ ३ वर्षपछि नयाँ युवा नेतालाई हस्तान्तरण गर्ने उनले बताए ।
Go to News Site