Collector
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ | Collector
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
Lokantar

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मा छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Go to News Site