Collector
१६ लाख ३० हजार ठगी गरेको आरोपमा १ जना पक्राउ | Collector
१६ लाख ३० हजार ठगी गरेको आरोपमा १ जना पक्राउ
Lokantar

१६ लाख ३० हजार ठगी गरेको आरोपमा १ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो । अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Go to News Site