Lokantar
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा पनि विभेद भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै साम्पाङले ठूला र साना दलबीच विभेद भइरहेको बताए । 'यहाँ सदनभित्र पनि विभेद भइरहेको छ । सत्ता पक्षले २० मिनेट, ४० मिनेटसम्म पनि बोल्न पाउने, सानो दलले ३ मिनेटभित्र बोलिसक्नुपर्ने,' साम्पाङले भने, 'हामी पनि जनताले चुनेर पठाएका मान्छे हौं । जनताका कुरा उठाउन पर्याप्त समय पाउनुपर्छ ।' साम्पाङलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ७ मिनेटको समय दिएका थिए ।...
Go to News Site