Lokantar
नेपाल प्रहरीले जनपद समूहतर्फ रिक्त रहेको प्रहरी जवान पदका लागि यसअघि आह्वान गरिएको विज्ञापनमा मागसंख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शुक्रबार एक सूचना जारी गर्दै १ हजार ३ सय ७५ जना थप गरी अब कुल २ हजार ९ सय २८ जनाको पदपूर्ति गरिने जानकारी दिएको हो । गत असोज १० गते प्रकाशित विज्ञापनमा यसअघि १ हजार ५ सय ५३ जनाको माग गरिएको थियो । तर, विज्ञापन प्रकाशन भएपछि थप दरबन्दीहरू रिक्त हुन आएकाले खुला तथा समावेशी दुवै समूहमा पद सङ्ख्या थप गरिएको प्रहरीले जनाएको छ । नयाँ विवरण अनुसार ...
Go to News Site