Collector
डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने | Collector
डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने
Lokantar

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

Go to News Site