Collector
युएईमा मिसाइलको टुक्रा खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर | Collector
युएईमा मिसाइलको टुक्रा खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
Lokantar

युएईमा मिसाइलको टुक्रा खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित अजवन क्षेत्रमा मिसाइलको अवशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका छन्।  युएईको वायु रक्षा प्रणालीले शत्रु पक्षको मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसको टुक्रा जमिनमा खस्दा सो दुर्घटना भएको हो। अबुधाबी मिडिया अफिसका अनुसार, घाइते हुने कुल १२ जनामध्ये सात जना नेपाली रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ६ जनाको चोट मध्यम तथा सामान्य रहेको बताइएको छ। घाइते हुनेमा ५ जना भारतीय नागरिक समेत रहेका छन्।

Go to News Site