Collector
विमानस्थल क्षेत्रमा यात्रुलाई दु:ख दिने १८ जना पक्राउ | Collector
विमानस्थल क्षेत्रमा यात्रुलाई दु:ख दिने १८ जना पक्राउ
Lokantar

विमानस्थल क्षेत्रमा यात्रुलाई दु:ख दिने १८ जना पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास यात्रुहरूलाई दुःख दिने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ती व्यक्तिहरूले विमानस्थल क्षेत्रमा आउने यात्रुहरूलाई जबरजस्ती तान्ने, विभिन्न प्रलोभन देखाएर आफ्नो सम्पर्कका होटलमा लैजाने र त्यसबापत कमिसन लिने गरेका थिए। उनीहरूले आपसमा झगडा गर्ने, अभद्र व्यवहार गर्ने तथा यात्रुहरूलाई मानसिक तनाव दिने गतिविधि गर्दै आएको पनि प्रहरीले जनाएको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ ...

Go to News Site