आजको युगमा समयसँग मानिसको सम्बन्ध विचित्र विरोधाभासबाट गुज्रिरहेको छ । हामी व्यस्त छौँ तर सन्तुष्ट छैनौँ । तीव्र गतिमा कुदिरहेका छौँ तर गन्तव्यको पत्तै छैन । समयलाई हामी प्रायः उत्...