Collector
प्रधानमन्त्री कप क्रिकेट : ​एपीएफसामू निरीह बन्यो कर्णाली, कुनै विकेट नगुमाइ १२ ओभरमै विजयलक्ष्य पूरा | Collector
प्रधानमन्त्री कप क्रिकेट : ​एपीएफसामू निरीह बन्यो कर्णाली, कुनै विकेट नगुमाइ १२ ओभरमै विजयलक्ष्य पूरा
Lokantar

प्रधानमन्त्री कप क्रिकेट : ​एपीएफसामू निरीह बन्यो कर्णाली, कुनै विकेट नगुमाइ १२ ओभरमै विजयलक्ष्य पूरा

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दोस्रो जित हासिल गरेको छ । एपीएफ क्लबले शनिबार जनकपुरमा खेलिएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । छैटौँ खेल खेलेको एपीएफ क्लब पाँच अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । छैटौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो चौथो हार हो । कर्णाली प्रदेशले हालसम्म केवल तीन अंक जोडन सकेको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ३६ ओभरमै अलआउट हुनुअघि एक सय सात रनमात्र बनाउन स...

Go to News Site