Collector
१० बुक तास र ७१ हजार रुपैयाँसहित १९ जना पक्राउ | Collector
१० बुक तास र ७१ हजार रुपैयाँसहित १९ जना पक्राउ
Lokantar

१० बुक तास र ७१ हजार रुपैयाँसहित १९ जना पक्राउ

भक्तपुर जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १० बुक तास र ७१ हजार ४५५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ​प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site