Lokantar
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । बयानको काम सकिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार अग्रवाललाई छाडेको हो । नेपालकै चर्चित व्यावसायिक घराना शंकर ग्रुपका नेतृत्वकर्ता अग्रवाललाई विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो । आवश्यक परेका बखत उपस्थित हुने गरी अग्रवाललाई रिहा गरिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए ।
Go to News Site