Lokantar
नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । यसअघि सङ्घका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा हिममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिका अन्य सदस्य तथा सल्लाहकारहरू अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष अथकले जानकारी दिए ।
Go to News Site