Collector
भक्तपुरमा प्रहरीको ‘स्वीप अपरेसन’, दुई दिनमा ९० जना पक्राउ | Collector
भक्तपुरमा प्रहरीको ‘स्वीप अपरेसन’, दुई दिनमा ९० जना पक्राउ
Lokantar

भक्तपुरमा प्रहरीको ‘स्वीप अपरेसन’, दुई दिनमा ९० जना पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा ३० जनालाई पक्राउ गरिएको छ । प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काका अनुसार आइतबार ३० जनालाई पक्राउ गरिएको हो । यसअघि शनिबार पनि ६० जनालाई पक्राउ गरिएको उनले बताए ।  स्वीप अप्रेसन जारी राखेको उनको भनाइ छ । सार्वजनिक स्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

Go to News Site