नाता सामजिक संरचनाभित्रको एक एकाइ हो । समाजशास्त्रीहरूले यसलाई सूक्ष्म सामजिक संस्थाका रूपमा मानेका छन् । प्राणी जगत्भित्रको एक सदस्यका रूपमा रहेका मानिसलाई अन्य प्राणीभन्दा फरक अस...