Lokantar
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार पौडेलले पदीय मर्यादा दुरुपयोग गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि कूल ६ करोड २६ लाख ९३ हजार १२९ रूपैयाँ ८२ पैसा बराबरको सम्पत्तिलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो । अनुस...
Go to News Site