Lokantar
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको सिफारिसमा उनलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री भट्ट बैतडी जिल्लाबाट नेपाली कांग्रेसका निर्वाचित प्रदेशससभा सदस्य हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन रहेको थियो । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन तथा कार्यविभ...
Go to News Site