Collector
पिंगलास्थानमा मध्यराति गोली चलाएर प्रहरीले दुई जनालाई पक्रियो | Collector
पिंगलास्थानमा मध्यराति गोली चलाएर प्रहरीले दुई जनालाई पक्रियो
Lokantar

पिंगलास्थानमा मध्यराति गोली चलाएर प्रहरीले दुई जनालाई पक्रियो

लागूऔषध कारोबारको आशंकामा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । मध्यराति लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको लागूऔषध ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।  उनका अनुसार दुई जना सवार गाडीसमेत नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुवैजनाको पहिचान खुलाइएको छैन ।   

Go to News Site