Collector
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा | Collector
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा
Lokantar

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा

दोस्रो पर्यटकीयाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा ४८ हजार ५१३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये ३२ हजार २० दक्षिण एसियाली र १६ हजार ४९३ अन्य देशका पर्यटक रहेका छन् । अघिल्लो वर्षको तुलनामा करिब ११ हजार बढी पर्यटक आएका छन् । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् । मार्चदेखि मेसम्मको समय पदयात्राका लागि उपयुक्त मानिन्छ ।

Go to News Site