Lokantar
इरान-अमेरिकाबीच दुई हप्ताको युद्धविराममा सहमति भएसँगै तेलको मूल्यमा गिरावट आएको छ । वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९५ डलर भन्दा कममा पुगेको सीएनएनले जनाएको छ । मध्य पूर्वमा युद्ध र महत्वपूर्ण हर्मुज जलमार्गमा अवरोधले तेल आपूर्ति प्रभावित भएको थियो । यसैबीच, अमेरिकी स्टक पनि उकालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग तत्काल र सुरक्षित पुन: खोल्ने विषयलाई लिएर इरानसँग दुई हप्ताको युद्धविराममा सहमति भएको बताएका छन् ।
Go to News Site