Collector
पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने | Collector
पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने
Lokantar

पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने

पूर्वऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश दिएको छ।  न्यायाधीश महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले रिटको सुनुवाइ शुक्रबारका लागि तोकेको हो। अदालतले काठमाडौं जिल्ला अदालत र सम्बन्धित निकायबाट लिखित जवाफ माग्दै आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। हिरासत म्याद थपसम्बन्धी कागजात र अनुसन्धान विवरणसमेत झिकाउन आदेश दिइएको छ। सम्पत्ती शुद्धीकरण मुद्दामा खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोले चैत १५ गते पक्राउ गरेको थियो।

Go to News Site