Lokantar
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् । सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार ओलीलाई रिहा गरिएको हो । शिक्षण अस्पतालमा उपचाररत ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । ओलीलाई लिन पत्नी राधिका शाक्य टिचिङ अस्पताल पुगेकी थिइन् । जेनजी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा यही चैत १४ गते बिहान ओली पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।...
Go to News Site