Lokantar
धादिङमा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गल्छी गाउँपालका-३ छतिनटार बस्ने २८ वर्षीय रवि पोखरेल रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । रविले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
Go to News Site