Collector
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै | Collector
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै
Lokantar

उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकको मुख्य कार्यसूची संसद्को उपसभामुख पदको निर्वाचन सम्बन्धमा पार्टीको धारणा र रणनीति तय गर्नु रहेको छ । उपसभामुखको निर्वाचनका अलावा बैठकमा अन्य समसामयिक तथा विविध विषयमा पनि छलफल हुने पार्टीले जनाएको छ । उपसभामुखको निर्वाचन आज हुँदैछ ।   

Go to News Site