Lokantar
प्रधानमन्त्री बालेन शाह शुक्रबार बिहान प्रहरी अस्पताल पुगेका छन् । उनी त्यहाँ दाँतको उपचारका लागि पुगेको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता एवं प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार प्रधानमन्त्री शाह अन्य प्रयोजनका लागि नभएर दाँतको उपचारका लागि पुगेका हुन् । उनले लोकान्तरसँग भने, ‘उहाँ बिहान दाँतको उपचारका लागि आउनुभएको हो, अरू विशेष केही कामले होइन ।’
Go to News Site