Lokantar
कतारले तीन जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले ३ जनालाई कतारले आममाफी दिएको जानकारी दिए । प्रवक्ता क्षेत्रीका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले रमदानको अवसरमा उनीहरूलाई आममाफी दिएका हुन् । उनीहरूको परिचय भने गोप्य राखिएको छ । कतारले विभिन्न अवसरमा यसअघि पनि आममाफी दिँदै आएको थियो ।
Go to News Site