Collector
स्रोत नखुलेको नगदसहित सर्लाहीमा दुई जना पक्राउ | Collector
स्रोत नखुलेको नगदसहित सर्लाहीमा दुई जना पक्राउ
Lokantar

स्रोत नखुलेको नगदसहित सर्लाहीमा दुई जना पक्राउ

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका-४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित शुक्रबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

Go to News Site