Lokantar
बैतडीमा २१ लाखभन्दा बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३ बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिस्री र अन्य किरानाका सामान बरामद गरिएको हो । ...
Go to News Site