Lokantar
प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला गरगहना रहेको छ । ती गरगहना सुन चाँदी केका हुन भन्ने उल्लेख छैन । सो सम्पत्ति पैत्रिक रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री बालेनसँग १ करोड ४६ लाख बैंक मौज्दात रहेको देखिएको छ । र्यापरसमेत रहेका शाहले फेसबूक, युट्युब र टिकटकमार्फत सो रकम कमाएको उल्लेख गरेका छन् ।
Go to News Site