Lokantar
गायिका आशा भोसलेको अन्त्येष्टि आज गरिने भएको छ । दिउँसो ४ बजे मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने दैनिक भास्करले जनाएको छ । उनको ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । आशालाई शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो । भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितिन् । उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मविभूषणले सम्मानित गरिएको थियो ।
Go to News Site