Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएपछि ट्रम्पले होर्मुज जलमार्गमा तत्कालै लागु हुने गरी नाकाबन्दीको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए । 'वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक विषयमा भने सहमति हुन सकेन...
Go to News Site