Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत् उनले नयाँ वर्ष खील निकाल्ने वर्ष भएकाले मज्जाले दुख्ने बताएका छन् । उनको यो संकेत राजनीतिक वृत्तका लागि भएको अनुमान गरिएको छ। यद्यपि, उनले यसबारे केही खुलाएका छैनन् । साथै उनले दुखाइ सहन सक्ने शक्ति मिलोस् भनी कामनासमेत गरेका छन्। 'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना,' उनले लेखेका छन् ।
Go to News Site