Lokantar
मंगलबार युरोपका शेयर बजार सामान्य रूपमा बढेर खुलेका छन् । अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको प्रभावले तेलको मूल्य घटेपछि बजारमा सकारात्मक प्रभाव परेको हो । बेलायतमा एफटीएसई १०० सूचकांक कारोबारको पहिलो घण्टामै ०.३६ प्रतिशतले बढ्यो । जर्मनीको ड्याक्स सूचकांक १ प्रतिशतले बढ्दा फ्रान्सको क्याक–४० सूचकांक ०.५८ प्रतिशतले उकालो लागेको छ । तेलको मूल्य १ प्रतिशतले घटेर प्रति ब्यारेल ९८.५६ डलरमा झरेको छ ।
Go to News Site