Lokantar
मोरङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-१ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझी रहेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ । दिनेशले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Go to News Site