Lokantar
भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको छ । दुई नेताबीच फोनमा लगभग ४० मिनेट कुरा भएको दैनिक भास्करले जनाएको छ । इरान युद्धबारे छलफल गरेका उनीहरूले होर्मुज जलमार्ग खुला रहनु पर्नेमा जोड दिएको समाचारमा उल्लेख छ । 'मलाई मेरो साथी राष्ट्रपति ट्रम्पको फोन आयो । हामीले दुई देशहरूबीच विभिन्न क्षेत्रमा भएको काम र प्रगतिबारे छलफल गर्यौँ,' मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले यो पनि भन्यौं कि हामी भारत र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई भविष्यमा अझ बलियो बनाउनेछौं। ...
Go to News Site