Collector
लेन मिचेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट | Collector
लेन मिचेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट
Lokantar

लेन मिचेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

सभामुख डोलप्रसाद अर्याल चढ्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । काठमाडौंको थापाथलीस्थित सडकमा लेन क्रस गरेपछि सभामुख अर्याल चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।  बुधबार सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी गाडीलाई समेत ट्राफिक प्रहरीले चिट काटेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार यी गाडीले थापाथलीमा लेन मिचेका थिए ।  थापाथली हुँदै यी गाडी सिंहदरबार पुगेका थिए । ट्राफिक प्रहरी सिंहदरबार नै पुगेर जरिवाना काटेको हो । 

Go to News Site