Collector
अवैध लागूऔषधसहित विमानस्थलबाट एक जना पक्राउ | Collector
अवैध लागूऔषधसहित विमानस्थलबाट एक जना पक्राउ
Lokantar

अवैध लागूऔषधसहित विमानस्थलबाट एक जना पक्राउ

अवैध लागूऔषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक जना पक्राउ परेका छन् । विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्रामसहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार पक्राउ परेका हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । थाई एयरको उडानद्वारा बैंङककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  

Go to News Site