Lokantar
सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । प्रवक्ता सस्मित पोखरलेका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको हो । समितिमा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरिक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहने पनि उनले बताए ।
Go to News Site