Collector
सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता, के भयो कुराकानी ? | Collector
सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता, के भयो कुराकानी ?
Lokantar

सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकताबारे छलफल भएको काठमाडौं महानगरले जनाएको छ । महानगरका अनुसार भेटघाटका नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको थियो । छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित महानगरपालिकाका अधिकारी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरू सहभागी थिए ।

Go to News Site