Collector
कांग्रेसका खड्काले गरे लेखा समिति सभापतिमा मनोनयन दर्ता | Collector
कांग्रेसका खड्काले गरे लेखा समिति सभापतिमा मनोनयन दर्ता
Lokantar

कांग्रेसका खड्काले गरे लेखा समिति सभापतिमा मनोनयन दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।   खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए ।  यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिने निर्णय गरेको थियो । समिति सभापतिका लागि शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।   

Go to News Site