Lokantar
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै भेटमा नेपालका विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र वृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो ।
Go to News Site