निजामती सेवा राज्यको मेरुदण्ड हो । यो कुरो हामीले बारम्बार दोहो¥याउँदै आएका छौँ । विशेष गरी निजामती सेवा ऐन र नियमावलीको परिपालनामार्फत चलेको हुन्छ । निजामती सेवा ऐन संसद्बाट स्वीक...