Lokantar
टी–२० क्रिकेटमा इङ्ल्यान्डका खेलाडी जस बटलरले गजबको कीर्तिमान बनाएका छन् । गुजरात टाइटन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा यो कीर्तिमान बनाएका हुन् । ३५ वर्षीय बटलर टी–२० क्रिकेटमा तीन सय क्याच लिने इङ्ल्यान्डका पहिलो विकेटकिपर बने । उनी टी–२० क्रिकेटमा तीन सय क्याच लिने विश्वकै चौथो खेलाडी पनि बने । यसका अतिरिक्त उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो विकेटकिपर पनि हुन् । टी–२० क्रिकेटमा सबैभन्दा बढी क्याच लिने खेलाडी कायरन पोलार्ड हुन् । ...
Go to News Site