Lokantar
इरानले देशको पूर्वी आकाशीय क्षेत्र आंशिक रूपमा पुनः खुला गरेको छ । यससँगै ६ वटा विमानस्थल पनि पुनः सञ्चालनमा ल्याइएको इरानी एयरलाइन्स संघले जनाएको छ । पुनः सञ्चालनमा आएका विमानस्थलमा तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल र मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलका साथै मशहद, बिरजन्द, गोर्गान र जाहेदानका विमानस्थल रहेका छन् । इरानी समाचार एजेन्सी तस्निमका अनुसार एयरलाइन्स कम्पनीहरू आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः शुरू गर्ने तयारीमा जुटिरहेका छन् ।
Go to News Site