Lokantar
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलीमिटर र उदयपुरको गढीमा ४९.६ मिलीमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ । विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।
Go to News Site