Lokantar
कोशी प्रदेशमा पछिल्लो समय देखिएको बर्डफ्लु संक्रमणका कारण पोल्ट्री व्यवसाय चरम संकटमा परेको छ । आइतबार कोशी प्रदेशकै सबैभन्दा ठूला दुईवटा पोल्ट्री फार्ममा रहेका २ लाख २७ हजारभन्दा बढी कुखुराहरू नष्ट गर्ने प्रक्रिया शुरू गरिएको छ । यो कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठूलो संख्यामा कुखुरा नष्ट गरिएको घटना हो । सुनसरीको रामधुनी नगरपालिकामा रहेको सुनसरी पोल्ट्री फार्म र मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा संक्रमण पुष्टि भएपछि सरकारी टोलीले आजदेखि ‘कुलिङ’ (कुखुरा मार्ने कार्य) शुरू गरेको हो । ...
Go to News Site