Collector
समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने रास्वपाको निर्णय | Collector
समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने रास्वपाको निर्णय
Lokantar

समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।  पार्टीको आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गरिने छ । यस्तै, रास्वपाले प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गरेको छ ।

Go to News Site