Lokantar
भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। तामिलनाडु राज्यको विरुधुनगर जिल्लास्थित कारखानामा आगलागी भएको स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन भने उद्धार कार्य जारी छ। भारतमा सुरक्षा मापदण्डको कमजोर पालना र कार्यान्वयनका कारण यस्ता औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले...
Go to News Site