Collector
कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक | Collector
कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
Lokantar

कांग्रेस संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ । यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ । सोही दिन ४-५ बजेसम्म मतदान हुने र मतदान सकिएपश्चात् मतगणना गरेर नतिजा सार्वजनिक गर्ने उल्लेख छ ।

Go to News Site