Collector
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै | Collector
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
Lokantar

आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै

नेपाल र यूएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ । खेल काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ ।  सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।​  

Go to News Site